![]()
काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छोडेकाहरु धमाधम अब फर्कन थालेका छन । दशैंको टीका सकिए लगत्तै सर्वसाधारण काठमाडौं फर्कन थालेका हुन ।
काठमाडौंबाट नजिकैका धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लाबाट सर्वसाधारण काठमाडौं फर्किन थालेका छन । यस्तै, लामो दुरीका पूर्वतीरका इलाम, पाँचथर, झापा तथा पश्चिममा कैलाली, कञ्चनपुरबाट समेत सर्वसाधारण आउन थालेका छन ।
टीकाको दिन सुनसान देखिने काठमाडौंमा सवारी साधन केही बाक्लो गरी गुड्न थालेका छन ।
बाहिरी जिल्लाबाट राजधानी भित्रने नाकाको रुपमा रहेको कलंकीमा पनि सवारी साधनको चाप बढ्न थालेको छ ।


