Breaking News.... EverestOnlineKhabar
June 8, 2026

विजयकुमार गच्छदारले यसरकारण फिर्ता बोलाउँदैछन् मन्त्रीद्वय जितेन्द्र देव र गोपाल दहितलाई….

Loading

काठमाडौ,१० असोज ।
लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ। कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको हो।
बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर गर्न माग गरेका थिए। त्यसपछि उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले मन्त्रीद्वय देव र दहितलाई दशैंलगत्तै फिर्ता बोलाउने जानकारी गराएका थिए । पार्टी उपाध्यक्ष रामजनम चौधरीले देव र दहितलाई दशैंलगत्तै मन्त्रीबाट फिर्ता बोलाइने बताए। उनले भनेः‘ दसैँलगत्तै पर्यटनमन्त्री जितेन्द्र देव र भूमिसुधारमन्त्री गोपाल दहितलाई पार्टीले फिर्ता बोलाउँछ, उहाँहरूलाई दसैँपछि फिर्ता बोलाएर अन्य नेताहरूलाई सरकारमा पठाइनेछ ।’ पहिलेको सहमतिअनुसार नै देव र दहितलाई फिर्ता बोलाउन लागिएको उनले जनाए ।
उनीहरूको काम सन्तोषजनक नभएको र गृहजिल्लामा समेत स्थानीय तह निर्वाचनमा सन्तोषजनक नतिजा ल्याउन नसकेको आरोप देव र दहितमाथि लागेको छ । दुवै मन्त्रीमाथि आर्थिक चलखेल गरेको र पार्टीमा सल्लाह नगरी आफूखुसी निर्णय गरेको आरोप पनि लागेको छ।
स्रोतका अनुसार पर्यटनमन्त्री देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाएर मोटो रकम बुझ्दै नयाँ व्यक्तिलाई महानिर्देशक बनाउन लागेको समाचार प्रकाशित भएपछि पार्टी अध्यक्ष विजयकुमार गच्छदारसमेत असन्तुष्ट थिए । स्रोतका अनुसार मन्त्री देवले बौद्धनाथ क्षेत्र विकास समिति र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा राजनीतिक नियुक्ति गर्दा चर्को रकम असुलेको सूचना पाएपछि गच्छदारले बोलाएर मौखिक स्पष्टीकरणसमेत सोधेका थिए । स्पष्टीकरणको जवाफमा मन्त्री देवले चित्तबुझ्दो जवाफ दिन नसकेको स्रोतको दाबी छ ।
भूमिसुधारमन्त्री दहितले भूमाफियासँग चर्को रकम असुलेर पार्टीलाई बदनाम गर्ने खालका निर्णय गरेको पार्टी नेताहरूको दाबी छ । दहित कार्यक्रममा पुगेका वेला दाङमा प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक स्थानमा दुव्र्यवहार गरेपछि आलोचित बनेका थिए । दहितले थरुहट पार्टीलाई लोकतान्त्रिक फोरममा विलय गराएर सहअध्यक्ष बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed