![]()
बारा । बाराको कोहल्बी नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा एमालेका भरतबहादुर भण्डारी विजयी भए । उनले ७४०१ मत प्राप्त गरे । उपप्रमुखमा सुनाइना थरुनी विजयी भइन । उनले ७३२२ मत प्राप्त गरिन ।
प्रमुखमा निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुरलीधरप्रसाद चौधरीले ७२०५ मत ल्याए । उपप्रमुखमा कांग्रेसकी सुभद्रा धिमालले ६७१२ मत ल्याइन् । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका प्रमुखमा उम्मेदवार देवीप्रसाद पराजुलीले १७५१ र उपप्रमुखमा माओवादी केन्द्रकै पार्वतीदेवी थरुनीले १८२५ ल्याइन् ।


