![]()
रुपन्देही । रुपन्देहीको सिद्धबाबा सडकखण्डमा एउटा ट्रक र कार पहिरोमा पूरिएका छन । कार र ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । पहिरोमा अरु मानिस पनि पूरिएको आशंका गरिएको छ । मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।
पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको हो । सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्दारमा समस्या हुनुकासाथै बाटो समस्यन पनि मुश्किल भएको छ ।
सडकमा यातायात अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् भने बुटवलबाट पाल्पातर्फ जाने सवारी साधन पनि बिच बाटोमा अलपत्र परेका छन ।


