Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

न्यूयोर्क,६ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवा उनको सम्मानमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले बुधबार आयोजना गरेको रात्रिभोजमा सहभागी भए । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान न्यूयोर्क आइपुगेका हुन् ।
रात्रिभोजमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, यहाँस्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत उच्च अधिकारी सहभागी थिए ।
महासभाको दौरानमा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed