Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

बिबिसि । उत्तर कोरियाका उच्च कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ‘कुकुरको आवाज’ को संज्ञा दिएका छन् । बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा र्पुयाइरहे उसलाई ‘ध्वस्त गरिदिने’ चेतावनी दिएका थिए ।

उत्तर कोरियाका विदेश मन्त्री रि योङ होले ट्रम्पको भाषण्को पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन् । राष्ट्रसंघले प्रतिबन्ध लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ ।

उत्तर कोरियाली विदेशमन्त्री रिले न्यू योर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, “एउटा भनाइ छ नी कुकुर भुक्दै गर्दा पनि ‘परेड’ खेल चलिरहन्छ । यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्भित पार्न खोजेका हुन् भने सपना देख्दैछन् । “
उत्तर कोरियाली नेता किम जोङ अनका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा भनेका थिए, ‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन । ’

विज्ञहरु भन्छन् उत्तर कोरियाले आश्चार्यजनक ढंगले आफ्नो परमाणु हतियार र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको छ ।

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले आफ्नो छैठौं र सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको घोषणा गरेको थियो । लगत्तै राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात र कपडा निर्यातलाई नियन्त्रित गर्ने हेतुले नयाँ प्रतिबन्धहरु लगाउने प्रस्ताव पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed