![]()
काठमाडौँ ।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू आठ वर्षको निर्वासन अन्त्य गरी ‘राष्ट्रिय एकता र मेलमिलाप’ को नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिनको ४९ वर्ष पुगेको अवसरमा कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ। मेलमिलाप दिवसको शुभकामना व्यक्त गर्दै नेताहरूले पार्टीभित्रको आन्तरिक एकता र सुदृढीकरणका लागि विशेष अधिवेशनको आवश्यकतामा जोड दिएका छन्।
निषेध होइन, संवादको राजनीति
मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा भनिएको छ, “आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस्। एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस्।”
अहिलेको राजनीतिक परिवेशमा नेपाली कांग्रेसले आफ्नो राष्ट्रिय भूमिका निर्वाह गर्न ‘आत्मविश्वासको बिन्दु’ खोजिरहेको उल्लेख गर्दै, त्यो आत्मविश्वास निषेध वा फरक विचारलाई बेवास्ता गरेर नभई साझा मञ्चको प्रयोगबाट मात्र सम्भव हुने बताइएको छ।
पुस मसान्तभित्र विशेष अधिवेशनको आह्वान
पार्टीभित्र भिन्न मतहरूलाई सम्मान गर्दै एकता कायम गर्न विशेष अधिवेशन नै उपयुक्त माध्यम भएको दाबी गरिएको छ। सन्देशमा भनिएको छ:
“पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।”
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने बलियो कांग्रेस बनाउनु नै आजको युगिन जिम्मेवारी भएको भन्दै पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने दिशामा अगाडि बढ्न सम्पूर्ण कार्यकर्ताहरूलाई आह्वान गरिएको छ।
काठमाडौँ ।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू आठ वर्षको निर्वासन अन्त्य गरी ‘राष्ट्रिय एकता र मेलमिलाप’ को नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिनको ४९ वर्ष पुगेको अवसरमा कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ। मेलमिलाप दिवसको शुभकामना व्यक्त गर्दै नेताहरूले पार्टीभित्रको आन्तरिक एकता र सुदृढीकरणका लागि विशेष अधिवेशनको आवश्यकतामा जोड दिएका छन्।
निषेध होइन, संवादको राजनीति
मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा भनिएको छ, “आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस्। एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस्।”
अहिलेको राजनीतिक परिवेशमा नेपाली कांग्रेसले आफ्नो राष्ट्रिय भूमिका निर्वाह गर्न ‘आत्मविश्वासको बिन्दु’ खोजिरहेको उल्लेख गर्दै, त्यो आत्मविश्वास निषेध वा फरक विचारलाई बेवास्ता गरेर नभई साझा मञ्चको प्रयोगबाट मात्र सम्भव हुने बताइएको छ।
पुस मसान्तभित्र विशेष अधिवेशनको आह्वान
पार्टीभित्र भिन्न मतहरूलाई सम्मान गर्दै एकता कायम गर्न विशेष अधिवेशन नै उपयुक्त माध्यम भएको दाबी गरिएको छ। सन्देशमा भनिएको छ
“पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।”
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने बलियो कांग्रेस बनाउनु नै आजको युगिन जिम्मेवारी भएको भन्दै पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने दिशामा अगाडि बढ्न सम्पूर्ण कार्यकर्ताहरूलाई आह्वान गरिएको छ।
ऐतिहासिक सन्दर्भ
वि.सं. २०३३ पुस १६ गते बीपी कोइराला लगायतका नेताहरू भारतको निर्वासन छाडेर “राष्ट्रिय अस्तित्व नै खतरामा रहेको” भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए। आज सोही दिनको सम्झनामा कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाइरहेको छ।
अहिलेको समयमा यो दिवसलाई केवल औपचारिकतामा मात्र सीमित नराखी पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने आवाज कार्यकर्ता तहमा उठेको छ।