![]()
सुप्रिम सहकारी संस्थाबाट निक्षेपकर्ताहरूको करोडौं रुपैयाँ हिनामिना भएको भन्दै परेको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा सहकारीको ठूलो रकम गोर्खा मिडिया नेटवर्क प्रालि लगायत विभिन्न कम्पनीहरूमा गैरकानुनी रूपमा प्रवाह भएको पाइएको थियो।
जिल्ला अदालत, रुपन्देहीले गत साता लामिछाने र जोशी दुवैलाई प्रमाण र अवस्था हेर्दा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावेदन गरेका थिए।
उच्च अदालतको आजको सुनुवाइले जिल्ला अदालतको आदेशलाई सदर गर्ने वा थुनामुक्त गरेर साधारण तारिखमा मुद्दाको किनारा लगाउने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छबिलाल जोशी विरुद्धको मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको छ।
जिल्ला अदालत रुपन्देहीले यसअघि नै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका लामिछाने र जोशीको मुद्दामा उच्च अदालत पोखराको बुटवल इजलासमा सुनुवाइ सुरु हुन लागेको हो।
पेशीको विवरण
उच्च अदालत पोखराको बुटवल इजलास।
न्यायाधीशहरू; माननीय न्यायाधीश मिलन कुमार राई र माननीय न्यायाधीश सानु मैया डंगोल को संयुक्त इजलासमा पेशी तोकिएको छ।
मुद्दाको प्रकृति ;सुप्रिम सहकारी संस्थाको निक्षेप हिनामिना र संगठित अपराध सम्बन्धी मुद्दा।
रवि लामिछाने: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति;
जसलाई गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन गरेको आरोप छ
छबिलाल जोशी: तत्कालीन गोर्खा मिडियाका सञ्चालक।


