Breaking News.... EverestOnlineKhabar
April 19, 2026

गैरव्यवसायिक प्रहरीविरुद्ध शून्य सहनशीलताको नीति अनुसार कारबाही हुन्छ : नवनियुक्त आईजीपी खापुङ

Loading

काठमाडौं, भदौ १९ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डिगेन्द्र केसी खापुङले गैरव्यवसायिक, अनुशासनहीन र जनविरोधी गतिविधिमा संलग्न प्रहरीहरूलाई शून्य सहनशीलताको आधारमा कारबाही गरिने स्पष्ट बताएका छन्। पदभार ग्रहण गर्दै उनले प्रहरी संगठनभित्र सुधार र पारदर्शिता प्राथमिकता हुने बताएका हुन्।

सिंहदरबारस्थित नेपाल प्रहरी मुख्यालयमा आयोजित समारोहमा आईजीपी खापुङले भने, “नेपाल प्रहरीप्रति जनताको विश्वास कायम राख्न हामीले सबैभन्दा पहिले आफ्नै आन्तरिक अनुशासन र पेशागत मर्यादालाई बलियो बनाउनुपर्छ। गैरव्यवसायिक र गैरजिम्मेवार आचरण सह्य हुने छैन।”

आईजीपी खापुङले नेपाल प्रहरीलाई न्यायपूर्ण, उत्तरदायी र जनमुखी सेवा प्रवाह” गर्ने संस्था बनाउने प्रतिबद्धता जनाए। उनले प्रहरी संगठनमाथि भइरहेका आलोचनालाई आत्मसमीक्षाका रूपमा लिँदै सुधारका लागि ठोस कदम चालिने बताए।

उनले थपे, “म कुनै पनि अनुशासनहीनता, भ्रष्टाचार, पदको दुरुपयोग वा जनतामाथिको दुव्र्यवहारलाई स्वीकार गर्ने छैन। हाम्रो संगठन जनताको सुरक्षाका लागि हो, डर देखाउने होइन।”

आईजीपी खापुङले प्रहरी सेवा प्रवाहलाई प्रविधिमैत्री, द्रुत, र जनउत्तरदायी बनाउने दिशामा काम गरिने बताएका छन्। उनले साइबर अपराध नियन्त्रण, महिला हिंसा विरुद्धको प्रतिक्रिया, र ट्राफिक व्यवस्थापनमा सुधारलाई प्राथमिकतामा राख्ने बताएका छन्।

गृह मन्त्रालयले पनि नयाँ नेतृत्वसँगै प्रहरी संगठनलाई भ्रष्टाचारमुक्त, कुशल र जनमैत्री बनाउने अपेक्षा राखेको जनाएको छ। गृह मन्त्री रवि लामिछानेले भनेका छन्, आईजीपी खापुङप्रति हाम्रो विश्वास छ—उहाँले संगठनलाई अनुशासित र पारदर्शी बनाउनुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed