![]()
२०७७ माघ २ काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ पर्सी ४ गते आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ । संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे विवाद भएकै बेला सर्वोच्चलेप्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासबाटै हुने सह- रजिस्टार बाबुराम दाहालले जानकारी दिनभयो । विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा सुनुवाईका लागि माग गर्दै परेको रिटलाई सर्बोच्च अदालतले अस्विकार गरेपछि संवैधानिक इजलासमै हुने भएको हो । अब मुद्दाको सुनुवाई आइतवारदेखि संवैधानिक इजलासमा निरन्तर हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट परेको छ ।।


