Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पशुपति शम्मेर राणासमेत प्रहरीसँगको घम्साघम्सीमा

Loading

पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ।

बाजागाजासहित र्‍यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि पृथ्वी जयन्ती मनाउन निस्किएको समूह र प्रहरीबिच घम्साघम्सी भएको हो। प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि घम्साघम्सीको स्थिति उत्पन्न भएको हो ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा निस्किएको समूह सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेको समूहलाई प्रहरीले अघि बढ्न नदिएपछि घम्साघम्सी भएको हो।

केही समय घम्साघम्सीपछि र्‍यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेका छन्। तर प्रहरीले रोक्न खोजेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.