![]()
२०७७ बैशाख १३, काठमाडौँ । कोरोना भाइरसको माहामारीले नेपाल लगायत विश्वको शैक्षिक अवस्था डामाडोल बनाएको छ । नेपालका सवै शैक्षिक सँस्थाहरु अहिले ठप्प छन् । नेपालमा रहेका विद्यार्थीहरु कोही विदेशमा छन् भने कोही नेपालमा छन् । कुल जनसङ्ख्याको लगभग ४० प्रतिशत विद्यार्थीहरु छन् । उनीहरुको भविष्य अहिले अन्यौलमा छ । नयाँ बर्ष शुरु भएसंगै नयाँ शैक्षिक शत्र सुरु हुन पर्नेमा अघिल्लो बार्षिक परीक्षा पनि रोकिएका छन् । एस.ई.ई देखि एम. फिल सम्मको सबै परीक्षाहरु रोकिएका छन् । केही शैक्षिक संस्थाहरुले अनलाइन शिक्षण गर्ने कुरा गरेका छन् तर यो शिक्षण सबैका लागि पँहुच पुग्ने खालको छैन । नेपालमा अहिले पनि सबै ठाँऊमा बिजुली त पुगेको छैन इन्टरनेट के कुरा गर्ने । यो शैक्षिक प्रणली दुरदर्शी हुदैन पनि । यस्तो शिक्षाले विभेद मात्र निम्त्याउँछ ।
यो अवस्थामा शिक्षक तथा विद्यार्थीहरु घरमै छन् । शिक्षक तथा बिद्यार्थी निस्क्रीय नहुनका लागि व्यवहारिक ज्ञानमा जोड दिन आवश्यक छ । एकातिर सबैमा माहामारीको सन्त्रास छ भने अर्को तिर शिक्षाको अवस्था पनि खस्किने सम्भावना रहेको छ । त्यसैले आफूले जानेको र आफूले पढेको बिषयलाई घरमा भएको बच्चाहरुलाई सिकाउन पर्दछ । घरमा बसेको बेला सबैमा एक किसिमको छटपटि हुने गर्दछ । माहामारीमा जो जहाँ छ त्यही बसेका छन् । त्रासले गर्दा मान्छेहरुलाई मानसिक तनाव भएको छ । कति खेर के हुने, कतै हामी पनि माहामारीको शिकार हुने त होइनौं ? यस्तै यस्तै सोचका कारण शिक्षक र विद्यार्थीहरुले पुस्तक हेर्न पनि सकिरहेका छैन । के गर्ने र कहिले खुल्छ बिद्यालयहरु भनेर अभिभावक चिन्तित देखिन्छन् ।
शिक्षाको अवस्था के हुने ? कहिलेबाट हामी सहज हुन्छौ भन्ने चिन्ताले पनि मान्छेहरुमा त्रास छ । अभिभावक आफ्ना बालबालिकाहरुको शिक्षाको अवस्था बिग्रने हो कि भन्ने चिन्तामा छन् । शैक्षिक सरोकार वालाहरु पनि यति बेला मौन छन् । त्रिभुवन विश्वविद्यालय पनि यति खेर ठप्प छ । शिक्षा त यति बेला रोकिएको छ तर पनि यति बेला खाने के र कसरी बाँच्ने भन्ने विषय मुख्य हो । शिक्षा त बरु भोली भए पनि सुधार्न सकिन्छ तर आज स्वास्थ्य बिगार्ने हो भने अव्रश्य पनि भोली समस्या हुन सक्छ ।
नेपाल कृषी प्रदान देश हो । यहाँ हात धोएको ठाँउमा खुर्सानी पनि उम्रिने गर्दछ । तराई पहाड हिमालमा एकै दिनमा नि यात्रा गर्न सकिन्छ । करेशाबारी भएकाहरुले आफ्ना छोराछोरीलाई कसरी उत्पादन हुन्छ भनेर प्रयोगात्मक शिक्षा दिन सकिन्छ । एक दाना अन्न उब्जाउन के के गर्नु पर्छ, कति दिन लाग्छ, र कति श्रम आवश्यक हुन्छ तिनीहरुले सिक्न सक्छन् । अहिले अभिभावकहरुसंग महिनौं, बर्षौं छुट्टिएर बसेका नानी बाबुहरुलाई अभिभावकसंग बस्ने अवसर मिलेको छ । यस बेला आफ्ना बच्चाहरुलाई संस्कार, कर्मकाण्ड, धार्मिक पुस्तक,कथा, उपन्यास र नैतिक शिक्षा दिन सकिन्छ । यसले उनीहरु बिचको सम्बन्ध सुमधुर बनाउनुका साथै सकारात्म सोचको विकास हुन्छ । यसले मनसिक रुपमा तन्दुरुस्त राख्न सहयोग गर्दछ ।

पुष्पा पाण्डे
अन्र्तमुखी क्षमता के छ आफ्ना बालबालिकाहरु अभिभावकले राम्रो संग बुझ्ने अवशर हो । तिनीहरुलाई रचनात्मक क्रियाकलापमा लगाउने , चित्र बनाउन लगाउने र इन्टरनेट भएको ठाँउमा विभिन्न किसिमको रचनात्म र प्रोत्साहन युक्त भिडियो देखाउने, इतिहासको कुरा सिकाउने आदि आदि कुराहरु सिकाउन सकिन्छ । शिक्षाको अवस्था कस्तो हुन्छ ? के शिक्षाको अवस्था बिग्रन्छ त ? शिक्षामा कतै ह्रास त हुदैन भन्ने आम मान्छेहरुको सोेचमा आएको छ । त्यसो त यो माहामारीमा हामीले स्वास्थ्य कसरी जोगाउने भन्ने बारेमा सोच्ने हो । नेपाली उखानै छ अनिकालमा बिऊ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु । त्यस्तै माहामारीमा स्वास्थ्य जोगाउनु महत्वपूर्ण हो । शिक्षाको क्षेत्रमा एक जना मात्र होइन् यहाँ सबैमा एउटै समस्या छ ।
सबै जहाँ छन् त्यही रोकिएका छन् । त्यसैले शैक्षिक अवस्था बिग्रेको छैन भन्ने बारेमा सबैले बुझ्न आवश्यक छ । पछि जहिले स्कुल क्याम्पसहरु खुल्छन,त्यही समय देखि नै बच्चाहरु शिक्षा लगायत शैक्षिक कार्य नि शुरु हुन्छ । त्यसो त शिक्षालाई पछि जहाँ बाट जहिले पनि शुरु गर्न सकिन्छ यदि जीवन रहेमा । जीवन रहेन भने शिक्षाको के अर्थ रहन्छ र ? शिक्षा त पछि हासिल हुन सक्छ तर जीवन भने एक पटक सकिएपछि पुनः हासिल गर्न सम्भव छैन । अतः हामी शैक्षिक क्षेत्रको भन्दा आफ्नो जीवन कसरी सुरक्षित गर्ने भन्ने बारेमा सोच्नु पर्दछ । अहिले हामीले लापर्वाही गर्ने हो भने हामी मात्र नभएर हामी नजिकैका अरुको जीवनलाई पनि जोखिममा पार्न सक्छौ । शिक्षाको बारेमा चिन्तित अभिभावकहरुलाई हामीले अहिलेको परिस्थितिको राम्रो अवगत गराउन सकेनौ भने हाम्रै क्षति हुने गर्दछ । त्यसैले हामी जहाँ छौ त्यहाँ रोकियौ । सुरक्षित बनौ ।
पुष्पा पाण्डे अरुणखोला परासी


