Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कोरोना महामारीमा जिम्मेवार देखिए चीनले त्यसको परिणाम भोग्नुपर्छ ः ट्रम्प

Loading

ह्वाइट हाउसमा दैनिक रुपमा आयोजना हुने पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार समक्ष कोरोना भाइरसलाई सुरुदेखि नै रोक्न सकिन्थ्यो तर यस्तो नभएकोले यसको नतिजा सारा संसारले भोग्नुपरेको बताएका छन् । उक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई पत्रकारले सोधे, ‘चीनको ऊहान शहरबाट गत वर्ष डिसेम्बर महिनादेखि कोरोनाभाइरसको संक्रमणको सुरुवात भएको र हालसम्म एक लाख ५७ हजारभन्दा बढीको ज्यान गइसकेकोले यसका लागि चीनले नतिजा भोग्नुपर्छ ?’

यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यदि उनीहरुले यस्तो जानीजानी गरेका हुन् भने उनीहरुले पक्कै पनि यसको नतिजा भोग्नुपर्ने हुन्छ । यदि गल्ती हो भने गल्ती त आखिर गल्ती नै हुन्छ । तर यदि उनीहरुले जानीजानी यस्तो गरेको भए त यसको नतिजा कुनै पनि हालतमा भोग्नुपर्ने हुन्छ ।’ ट्रम्पले भने, ‘चीन चुक्यो वा यसले नियन्त्रण गर्न सकेन अथवा यसले जानीजानी यस्तो गर्यो ? यी कुरामा निकै भिन्नता छ । यसको उनीहरुले अनुसन्धान गरिरहेको छ । हामी पनि प्रतिक्षा गरिरहेका हौं । तर हामी आफैं पनि यसबारे अनुसन्धान गरिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.