Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

चीनको वुहानमा कोरोना भाइसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप लगाइएको लकडाउन ११ सातापछि खुला गरिएको छ । लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ भने वुहानमा ७६ दिनदेखि घरभित्रै रहन बाध्य भएका मानिसहरु गन्तव्यसम्म जाने तयारीमा जुटेका छन् । २३ जनवरीमा जारी गरिएको लकडाउन चीनमा मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेपछिको अर्को दिन ८ अप्रिलमा वुहानमा लकडाउन खुला गरिएको हो ।

वुहानमा मात्रै कोरोना भाइरसका कारण २५ सय भन्दा बढीको मृत्यु भएको थियो भने ५० हजार भन्दा बढी संक्रमित भएका थिए । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहान ७६औँ दिनमा लकडाउनमुक्त भएको हो । आजदेखि मानिसहरुलाई सार्वजनिक यातायातमा आवतजावत गर्न खुला गरिएको छ भने बन्द रहेका उद्योग(व्यापारहरुसमेत खुला गरिएका छन् । वुहानबाट आज करिब २०० उडान हुने तालिका रहेको जनाइएको छ । बुधबार मात्रै ५५ हजारभन्दा बढी यात्रुले रेलमार्फत वुहान सहर छोड्ने अनुमान गरिएको छ । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.