Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत १४, गुल्मी – कोरोना भाइरसको बिश्वव्यापी संक्रमणले नेपाली नागरिक पनि प्रभावित भईरहेको र मुलुक लकडाउनका कारण विशेषगरि दिनभरी मजदुरी गरेर छाक टार्ने गरेका मजदुर वर्गको समस्यालाई ध्यानमा राखी गुल्मीको छत्रकोट गाउँपालिकाले वास्तविक समस्यामा परेका त्यस्ता परिवारलाई आधारभुत खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको छ । छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्णपन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष पन्तले दैनिक मजदुरी गरेर गुजरा गरेका मजदुर वर्ग भोकमरीमा पर्न नपरोस् भनि आगमी १५ दिनका लागि चामल नुन, तेल जस्ता अत्याबश्यक खाद्य वस्तु वडाध्यक्ष मार्फत उपलब्ध गराउने निर्णय गरिएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अध्यक्ष समेत रहेका पन्तले मजदुर वर्गमा लक डाउनका कारण पर्न जाने यस्तो समस्या समधानका लागि सवै स्थानीय सरकार लाग्नु पर्ने सुझाव समेत दिए ।

उनले परिवार संख्याको आधारमा वितरण गरिेने बिशेष राहतका लागि छत्रकोट गाउँपालिकाका वडाध्यक्षहरु संग सम्पर्क राख्न अनुरोध गरेका छन् । त्यस्तै रेसुङ्खा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पनि नगरपालिका भित्रका मजदुरहरुलाई भोकमरीको समस्या हुन नदिने उद्घोष गरेका छन् । उनले बाटो खर्चको अभावमा सदरमुकामबाट घर जान नसेकेकाहरुलाई बाटो खर्च दिने र डेरा मै बसेर खाद्यन्न अभाव भएकाहरुलाई खाद्यन्न उपलब्ध गराउने बताएका छन् । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले पनि बाणिज्य संघले अति मर्कामा परेका मजदुर वर्गलाई दालचामल उपलब्ध गराउने उद्घोष गरेका छन् । ‘कोही त्यस्तो समस्यामा परेको भए सुचित गर्नुहोस् भलामीले भने, ‘गुल्मी उद्योग बाणिज्य संघ कसैलाई पनि भोकै मर्न दिने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed