Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत्र १२, वीरगन्ज– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको देशव्यापी लकडाउनका बेला मालवाहक लरीको कन्टेनर चढेर वीरगन्ज आइपुगेका यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कन्टेनरभित्र लुकेर वीरगन्ज आइपुगेका ५२ जना यात्रुलाई मंगलबार राति १२ बजे पक्राउ गरेको हो । सोमबार काठमाडौंमा सामान झारेर फर्किएको ना ५ ख ९५५२ नम्बरको लरीको कन्टेनरमा लुकेर आएका यात्रुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु काठमाडौं, चितवनको भरतपुर तथा मकवानपुरको हेटौंडाबाट कन्टेनरमा चढेर वीरगन्ज आइपुगेका थिए । प्रहरीले नियन्त्रणमा लिइएका यात्रुमध्ये ३ बालबालिका छन् । प्रहरीले कन्टेनरका चालक शीवनारायण महरालाई पनि पक्राउ गरेको छ । प्रहरीले लरीबाट नियन्त्रणमा लिइएका ५२ यात्रु र लरीका चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा पठाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed