![]()
२०७६ फागुन २९, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको च्याट बाहिरिएको छ । केही महिना अघिमात्र काउन्सिलको सदस्यमा निर्वाचित जिता बरालले एक जना विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेको देखिएको छ । जिता बरालकै म्यासेन्जरमा घुसको बार्गेनिङ भएको छ । जहाँ रजिष्ट्रार विन्दा घिमिरेको नाम समेत जोडिएको छ । घिमिरे पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती हुन् । जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको भन्दै ती विद्यार्थीसँग बार्गेनिङ गरेको देखिएको छ ।
च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन । उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । उनले चुनावमा उठेको र आफूले सदस्यमा जित्ने भन्दै चुनावी प्रचार सामग्री समेत पोस्ट गरेकी छिन । ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन ।
जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छिन । जिताले आफूलाइ भ्रष्टाचारविरूद्धको अभियन्ता भनेर चिनाउने गरेको देखिएको छ । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन ।
ती विद्यार्थी र जिता बरालकोबीचमा च्याटमा भएको कुराकानी पढ्नुहोस् ।






