![]()
२०७६ फागुन २९, चितवन – भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको सो केन्द्रमा आज बिहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागी के कारणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ । रासस


