Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन २८, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिर्गौला दाता भान्जी समीक्षा संग्रौलाले पहिलो भेट गरेकी छन् । बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पतालमा चिकित्सकपछि प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो व्यक्ति भाञ्जी समीक्षा नै रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार उनीहरुबीच करिव २ मिनेट कुराकानी भएको छ । भान्जी समीक्षाले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाबारे सोधखोज गरेकी थिइन् ।

‘मामा तपाइँलाई कस्तो छ ?’ समीक्षाले प्रधानमन्त्रीलाई सोधेकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले ‘मलाई ठिकै छ, तिमीलाई कस्तो छ ?’ भनेर सोधेका थिए । समीक्षाले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएपछि ओलीले भने ‘तपाइँलाई धेरैधेरै धन्यावाद । आफ्नो स्वास्थ्यमा ख्याल गर्नु’, प्रधानमन्त्रीले धन्यवादसहित भान्जी समीक्षाप्रति सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । हाल दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed