Breaking News.... EverestOnlineKhabar
April 19, 2026

टिपरले साइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

Loading

२०७६ फागुन २८, राँझा । बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवा गाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा १ ख २१८८ नम्बरको टिपरले बुधबार बिहान करीब ११स्३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र्पुयाउँदा मृत्यु भइसकेको थियो । मृतक तरकारी व्यवसायी रहेको खुलेको छ । ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विरोधमा स्थानीयबासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द छ । दुर्घटनालगत्तै घटनास्थल पुगेर मृतकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed