Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बाँस्कोटाको घरमा विष्फोट गराएको आशंकामा एक जना पक्राउ

Loading

२०७६ फागुन २८, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिबन्धित

का भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले केहीवेरअघि जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विष्फोट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरी दाबी छ । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरी तयारी छ । बुधबार बिहान ७ः५० बजे लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट भएको थियो । विष्फोटक पदार्थ कति शक्तिशाली थियो भन्ने विषयमा नेपाली सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed