Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन २५, भक्तपुर । वाग्मती प्रदेशमा गत वर्षभन्दा यस वर्ष महिलामाथि हुने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ११० औं अन्तर्रा्ष्ट्रिय नारी दिवसका अवसरमा आज यसबारे जानकारी दिँदै २०१९ मा अभिलेख गरेका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वाग्मतीमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको हो ।

इन्सेकले २०१९ जनवरीदेखि डिसेम्बरसम्म नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरेका घटना सार्वजनिक गर्दै वाग्मती प्रदेशमा सन् २०१९ मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट एक हजार ४९४ पीडित भएकामा एक हजार १८४ महिला भएको इन्सेकका प्रदेश संयोजक कृष्ण गौतमले जानकारी दिए ।

सन् २०१९ को एक वर्षमा वाग्मतीका १३ जिल्लामा महिला अधिकारका घटनाबाट ७४७ र बालअधिकार उल्लङ्घनका घटनामा ३७० पीडित भएका छन् । सोमध्ये बलात्कारका ३८६ घटना भएकामा २५३ बालिका र १३३ महिला पीडित भएको गौतमले जानकारी दिए । यस वर्ष ६४ महिला र २० बालिका बेचबिखनमा परेको, १६ बालिकाको विवाह भएको, १२ महिलालाई बोक्सीको आरोपमा यातना दिइएको, बलात्कार घटनाबाट १३३ महिला र २५३ बालिका, यौन दुव्र्यबहारबाट १० महिला र ८० बालिका, बहुविवाहमा १२४ महिला, विद्यालयमा शारीरिक यातना एक बालिका र घरेलु हिंसामा ३७४ महिला पीडित भएको संयोजक गौतमले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed