Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित

Loading

२०७६ फागुन २१, काठमाडौँ । संसदले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यलाभको कामना गरेको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओलीको बुधबार प्रतिनिधिसभाको बैठकले स्वास्थ्य लाभको कामना प्रस्ताव पारित गरेको हो । संसद सर्वसहमतले पारित गरेको प्रस्तावमा भनिएको, ‘यो बैठक सम्माननीय प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपण कार्य सफलताका साथ सम्पन्न होस्, भन्ने कामना गर्दछ । साथै उहाँको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ ।’

ओलीको बुधबार बिहानादेखि अपरेशन भइरहेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेटमा अप्रेशन थिएटरमा छिराइएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.प्रेम खड्काले जानकारी दिए । मंगलबार बेलुकादेखि नै प्रत्यारोपणका लागि लागि आवश्यक औषधि दिन सुरु गरिएको थियो । ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed