Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ फागुन २१, काभ्रे । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । ‘घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ’, प्रहरी निरीक्षक झाले भने । गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed