Breaking News.... EverestOnlineKhabar
April 20, 2026

ससुरालाई गोली हानेको आरोपमा ज्वाईँ पक्राउ

Loading

२०७६ फागुन १८, जनकपुरधाम – महोत्तरीको मनरासिसवामा गोली प्रहार गरेको आरोपमा गोली लागेर घाइते भएका व्यक्तिका ज्वाईँलाई प्रहरीले पक्राउ गरेको छ । ज्वाईँमाथि शंका लागेकोले पक्राउ गरेर अनुशासन सुरु गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाएका छन् । आइतबार बिहान शौचालय जान घरबाट निस्केको बेला मनरासिसवा नगरपालिका वडा नम्बर ३ का सहदेवप्रसाद यादव माथि गोली प्रहार भएको हो ।

घाइतेका ज्वाईँ औरही नगरपालिका–१ बस्ने सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको हो । रिटायर्ड शिक्षक रहेका ससुरासँग पाँच लाख रुपैयाँ मागेको र नदिँदा पटक–पटक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका सहदेवप्रसाद यादवको उपचार जनकपुरधाममा रहेको जानकी हेल्थ केयरमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed