Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १८, बाग्लुङ । यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला–७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही विद्यालयमा पूर्वशिक्षकसमेत रहेका गौतमले जानकारी दिए ।

शर्मा युवा संघको नेतृ हुन् । ‘हामीले राम्रो कामको शुरुवात आफैँबाट गर्नुपर्छ,’ शर्माले भनिन्, ‘भड्किलो विवाहको अन्त्यका लागि समाजमा सकरात्मक सन्देश दिन खोजेका हौँ ।’ उक्त विद्यालयको ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा कोषबाट वार्षिक छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ११ , माध्यमिक शिक्षा परीक्षा (एसइई)का परीक्षामा सर्वोत्कृष्ट जिपिए हासिल गर्ने तथा मावि तह, आधारभूत, प्राथमिक र पूर्वप्राथमिक तहका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। यसका साथै वर्ष शिक्षकसमेत छनोट गरेर पुरस्कृत गरिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed