![]()
२०७६ फागुन १५, वीरगञ्ज– मिलको फित्तामा बेरिएर पर्सामा एक महिलाको मृत्यु भएको छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया ललितादेवी ठाकुरको सेलर मिलको पट्टामा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ९ बजे आफ्नै मिलमा धान कुट्ने क्रममा सेलर मिलको फितामा लुगा बेरिएर ललिताको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले जानकारी दिए ।


