Breaking News.... EverestOnlineKhabar
June 4, 2026

भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिन्छ ः अर्थमन्त्री खतिवडा

Loading

२०७६ फागुन ११, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गर्दै अबदेखि समयमा भूक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबारही गर्ने बताए । उनले भने, ‘आफुले गरेको बीमाको रकम तिर्नुभएन तपाईहरु बीमा गर्ने संस्थाहरुले भने कारबाही गर्ने हो । यस्तो पनि हुन्छ हामीकहाँ, बीमा ग¥यो समयमा भूक्तानी पाउन गाह्रो, दशथरी प्रमाण जुटाउनप¥यो ।

अहिलेको प्रविधिको युगमा हामी उच्च प्रविधिको प्रयोग गरेर हरेक किसिमका दुर्घटनाहरुको विवरण लिने र अल्मोष्ट रियलटाइम, तत्कालै सुविधा दिन सक्ने क्षतिपूर्ति दिन सक्ने बिमितको रकम फिर्ता दिन सक्ने यो व्यवस्थामा गइएन भने हामीले जतिसुकै संस्था विस्तार गरेपनि बीमाको विस्तार हुँदैन । हामीले छिट्टो तरिकाले पाउने भुक्तानी दिने विधिमा जानुपर्छ ।’ अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले ठुलाठुला ग्राहक खोज्ने ठुल्ठुला कारोबार मात्रै गर्ने सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्न समेत आग्रह गरे । त्यसका लागि आफुले गरेको कुल कारोबारको ५ प्रतिशत बीमा लघुबीमा गरेको हुनुपर्ने व्यवस्था गरिएको समेत बताए । सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमामा पहुँच पु¥याउन १ लाख सम्मको बीमाको प्रिमियम निशुल्क गरेको र गत वर्ष २ अर्ब रकम खर्च गरेकाले बीमा कम्पनीहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भएपनि गरिबीको रेखामुनी रहेका नागरिकको बीमा गरिने बताए । उनले भने, ‘अर्थमन्त्रीको काम कर उठाउने र पुनर्वितरण गर्ने हो । तपाईहरुले दिनुभएन कर त्यहाँ पनि पुग्दैन त्यो वर्गलाई माथि उठाउने कुरा नगर्ने हो भने हामी श्रमजिवी वर्गको पार्टी भन्छौं हामी तल्ला वर्गको जनताको उत्थान गर्ने पार्टी भन्छौं श्रमिकको पार्टी भन्छौं गरिबको पार्टी भन्छौं तिनिहरुको उत्थान चाहि कसले गर्दिने हामीले नगरे कल्ले गर्ने त्यसो हुनाले करको विषयमा अलि म कठोरै छु साथीहरु यो बुझ्दिनुहोला ।’

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताए । त्यसका लागि बीमा समितिले सबै पूर्वाधारहरु तयार गगरिसकेको र आगामि आर्थिक वर्षको सुरुदेखि नै जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित पूँजीलाई कार्यान्वयनमा ल्याउने बताए । उनले बीमा कम्पनीहरुको जोखिम पहिचान गरीसकेको र आगामी दिनमा बीमा सल्भेन्सी १ः१.५को अनुपातमा तुलना गरेर सबैभन्दा बढी जोखिम हुने कम्पनीको पूँजी बढाउने या कारोबारमा रोक लगाउने विकल्पमा जाने बताए ।

अध्यक्ष चापागाईंले राष्ट्रिय बीमा संस्थान लगायत राष्ट्रिय बीमा कम्पनीको लामो समय देखिको लेखापरिक्षण समपन्न हुन नसकेको र यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न समेत निर्देशन दिए । उनले सरकारको स्वामित्व भएको बीमा कम्पनी भएकाले पनि संस्थागत सुशासनलाई सुधार गरी व्यवसाय विस्तारका लागि आफ्नो उपस्थितिलाई वृद्धिगर्न सुझाव समेत दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed