Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) संशोधन र परिमार्जन बिना अनुमोदन हुन नसक्ने स्पष्ट पारेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टी केन्द्रीय समिति बैठकको सुझाव अनुसार पार्टीमा गठन गरेको कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएको भन्दै त्यसबारे अब संशोधन र परिमार्जन नगरी अनुमोदन हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।

‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकमा एमसीसीका बारेमा गम्भीर छलफल पनि भयो । र, केन्द्रीय समितिले राम्रो अध्ययन गरेर राष्ट्रको हितमा हुने कुराको ग्यारेन्टी नगरीकन आँखा चिम्लेर सम्झौता गर्नुहुँदैन भन्ने सुझाव दिएको थियो’, प्रचण्डले भने, ‘त्यही अनुसार ३ सदस्यीय कार्यदल पनि बनायौँ झलनाथजीको नेतृत्वमा । त्यसले प्रतिवेदन पनि बुझाइसक्यो र हिजो सचिवालयमा छलफल पनि गर्यौँ । त्यसैले अब संशोधन र परिमार्जन बिना अनुमोदन हुने स्थिति छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed