Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ०८, काठमाडौं । बिहिबार प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले गोकुल बास्कोटाले गरेको भष्टाचारको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने माग गरिन् । उनले यसबारेमा प्रधानमन्त्रीले संसदको रोष्टममा आएर जानकारी गराउनुपर्ने बताउदै भनिन्– ‘मन्त्रीको राजीनामाले मात्रै पुग्दैन, भष्टाचारको दायरामा ल्याएर कानूनी कारवाही नगरेसम्म सदन चल्न दिँदैनौं ।’ उनले जनताको करबाट ७० करोड भष्ट्राचार गरेको विषय सामान्य नभएको बताउँदै कडा कारवाहीको माग गरिन् ।

सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि काँग्रेसले सदनमा कुरा उठाएको हो । उनले प्रधानमन्त्रीले स्वंयमले भष्टाचारीको अनुहार पनि हेर्दिन भनेकोमा आज मन्त्रिपरिषदको सदस्य नै भष्टाचारमा लिप्त हुनु आश्चर्यको विषय भएको बताइन् । उनले यसले राष्ट्रिय राजनीति नै दुषित बनाएको बताउदै स्वीस एजेन्टसँगको मन्त्री बास्कोटाको कुराकानीको प्रमाण आम जनताले हेरिसकेको बताइन् ।

भुसालले भनिन्– ‘प्रधानमन्त्रीले मैले अब्बल दर्जाको सञ्चारमन्त्री पाएको पटक पटक भन्नु भ्रष्टाचारमा अब्बल भएकोले रहेछ । प्रधानमन्त्रीले भष्टाचारमा शून्य सहनशीलता लिन्छु भनेर यो संसदको रोष्टमबाट भनेको धेरै भएको छैन । यो प्रतिपक्षको पहिलो माग हो । अब प्रधानमन्त्रीबाट तुरुन्त सञ्चारमन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस् । यो भष्ट्राचारको मुद्धा एउटा मन्त्रीको मात्र नभएर मन्त्रिपरिषदको नै भइसकेको छ ।’

उनले मन्त्री बास्कोटालाई बर्खास्त गरेको कुरा संसदमा आएर जानकारी गराउन पनि आग्रह गरिन् । उनले बालुवाटार काण्ड जस्तै राजिनामा दिएको आधारमा कारवाही गर्दिन भन्न नपाउने बताउदै तथस्त रुपमा छानविन गरेर कानूनी दायरामा ल्याउन आग्रह गरिन । सभामुख अग्नि सापकोटाले मन्त्री बास्कोटाले राजिनामा दिइसकेको र औपचारिक पत्र आउँन बाँकी रहेकोले सदन चल्न आग्रह गरेका थिए । कांग्रेसले अवरोध गरेपछि उनले अर्को बैठक फागुन १३ गते बस्ने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed