Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ०२, काठमाडौं । सरकारले २ वर्ष पूरा गरेको सन्र्दभमा शुक्रबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसुची हटेको छ । राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आज शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जनाकारी दिए । आजका लागि तय गरिएको कार्यसूची अर्को बैठकका लागि सारिने भएको हो । आजको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका २ वर्षका उपलब्धीहरुलाई संसदमार्फत सार्वजनिक गर्ने योजना थियो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यायको निधनबारे जानकारी गराएको छ । प्रतिनिधि सभामा आजका लागि तय गरिएको कार्यसुची भोली बिहान ११ बजे बस्ने बैठकका लागि सारिएको धमलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed