Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ फागुन ०२, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा एनआरटी क्लब हिमालयन शेर्पा क्लबसँग स्तब्ध बनेको छ । एन्फा कम्प्लेक्स मैदानमा सुक्रबार भएको खेलमा एनआरटी शेर्पासँग २–१ गोलले पराजित भयो । सुरुवाती अग्रता लिएरपनि एनआरटीले हार खेपेको थियो । ३१औं मिनेटमा राजेश परियारले गोलगर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । शेर्पाले ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । स्टेफन समिरले गोलगर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोलगर्दै शेर्पालाई अग्रता दिलाए । त्रिदेवको सोही गोल शेर्पाको जितमा प्रयाप्त बन्यो । त्रिदेव म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगको सुखद अन्त्यसँगै १४ अंक बनाएको शेर्पा १०औं स्थानामा उक्लियो । १५ अंक बनाएको एनआरटी नवौं स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed