Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ २२, काठमाडौँ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । ७२ वर्षीय पत्रकार शर्माको बुधबार बिहान निधन भएको हो । शर्माको उपचारका क्रममा निधन भएको उनका जेठा छोरा पञ्कज शर्माले जानकारी दिए । पछिल्लो समय उनको मृगौलामा समस्या देखिएको थियो भने पिसाबसम्बन्धी पनि समस्या रहेको थियो । उनको गङ्गालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपाली सञ्चार जगतका अग्रणी शर्मा छापा तथा प्रसारण पत्रकारिताका अभिभावकसमेत रहेका थिए । नेपाल टेलिभिजनको महाप्रवन्धकसमेत रहेर काम गरिसकेका शर्माले नेपाल टेलिभिजनमा चलाउने कार्यक्रम विश्व घटना निकै चर्चित रहेको थियो । त्यसका साथै शर्माले रेडियो नेपालमा समेत समाचार बाचन गरेका थिए । इलाम जिल्लामा जन्मेका शर्मा वरिष्ठ साहित्यकार तारानाथ शर्माको भाइ समेत हुन् । शर्माका दुई छोरा र एक श्रीमति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed