Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ २१, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई रु एक लाख बराबरको औषधि र जाँचसेवा प्रदान गर्ने गर्दछ । भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा राजन पाण्डेले पुस मसान्तसम्म ७६७ जनाले एक लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको जानकारी दिए । उनले भने, “ सिकलसेल एनिमिया रोग वंशाणुगतरूपमा मात्र सर्छ, बैलैमा रोग भए÷नभएको जाँच गर्न सकेमा यसबाट बच्न सकिन्छ ।”

प्रमुख डा पाण्डेले केही समययता अस्पतालमा बिरामीको चाप बढिरहेको जानकारी दिए । उनले भने “यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । ” नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्रै सिकलसेलको निःशुल्क जाँच गरिँदै आएको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिए ।

उनले भने, “हामी अस्पतालमा आउने सिकलसेलका बिरामीलाई रोगको बारेमा जानकारी दिनुका साथै यसको लक्षण, अवस्था, गर्न हुने÷नहुने कुराका बारेमा सम्झाउने गरेका छौँ ।” बाँकेको भेरी अस्पतालको सामाजिक सेवा एकाइअन्तर्गत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका बिरामीले निःशुल्क उपचार पाउने गरेको एकाइ प्रमुख प्रेम सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed