Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ माघ ०५, काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार एनआरटी क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा एनआरटीले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा एनआरटीलाई जिताउन आन्द्रे थेरीले २४औं, जोर्डन एनडेम्बाले ८० औं र दर्शन गुरुङले ८५औं मिनेटमा गोल गरे । एपीएफका आशिष लामाले ४१ औं र ५३ औं मिनेटमा दुई गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । जितसँगै सात खेलबाट ११ अंक बनाएको एनआरटी तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अंक बनाएको एपीएफ १२औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed