Breaking News.... EverestOnlineKhabar
July 22, 2026

Loading

२०७६ माघ ०३, काठमाडौं । रियालिटी शो भ्वाइस अफ नेपाल, नेपाल आइडल, हिमालयन रोडिजपछि अब स्पिल्ट्सभिल्ला पनि नेपालमा भित्रिने संकेत देखिएको छ । रियालिटी शो हिमालय रोडिजका निर्देशक अमन प्रताप अधिकारीले यसको संकेत फेसबुकमार्फत् दिएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘स्पिल्ट्सभिल्ला नेपाल, अर्को ठूलो प्रोजेक्ट, के भन्नुहुन्छ ?’

अमनको स्टेटसमा धेरैले उत्साह प्रकट गरेका छन् । कतिले अमनलाई अग्रिम बधाइ दिएका छन् भने कतिले स्प्लिट्सभिल्लाको नेपाली संस्करण हेर्न पाए खतरा अनुभव हुने पनि बताएका छन् । भारतीय रियालिटी शो एमटिभी स्पिल्ट्सभिल्ला नेपालमा पनि निकै चर्चित छ । कार्यक्रमको मुख्य उद्देश्य आफ्नो लागि उत्कृष्ट पार्टनरको खोजी गर्नु हो । यसका लागि युवा युवतीले विभिन्न राउन्डको च्यालेन्ज र टास्क पूरा गर्नुपर्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed