![]()
२०७६ पुस २९, काठमाडौं । सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन सार्की घटनालगत्तै भारत फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ । उक्त भिडियो गत वर्ष माघमा सामाजिक संजालमा सार्वजनिक भएको थियो । रबिन सार्की सात महिनाअघि मात्रै नेपाल फर्किएका थिए । नेपाल आएपछि रबिनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको होे ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा दिएको जाहेरीको आधारमा घटनामा संलग्नको खोजी कार्य भइरहेको थियो । भरतपुर महानगरपालिका–२४ स्थायी घर भएका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले उक्त घटना घटाएको प्रहरी समक्ष बयान दिएका छन् ।
साथै, उक्त भिडियो उनी आफैंले खिचेको पनि बयानमा उल्लेख गरेका छन् । बिगत ३ वर्षदेखि काठमाडौंको बानेश्वरमा बस्दै आएका रबिनले रिक्सा चलाउने काम गर्दै आएका थिए ।


