![]()
२०७६ पुस २०, पोखरा । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पद हुनु र नहुनुले तात्विक फरक नपर्ने बताएका छन् । आइतबार गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी मनोनयन दर्ता गराएपछि पत्रकारसँग उनले पार्टीले दिएको निर्देशन अनुसार अघि बढ्ने बताए । प्रवक्ता श्रेष्ठले आर्थिक क्रान्तिको प्रक्रियालाई अघि बढाउन पार्टी दत्तचित्त भएर लागेको बताए । हजारौं हजारको बलिदानले समाजवादको बाटो तर्फ आफुहरु अघि बढेको उनको भनाई छ । गण्डकी प्रदेशबाट रास्ट्रिय सभा सदस्यको लागि नेकपाबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गराई सकेका छन् ।


