Breaking News.... EverestOnlineKhabar
September 7, 2026

सीमा अतिक्रमणबारे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Loading

२०७६ पुस १७, काठमाडौं । सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी सरिता प्रसाईको समर्थनमा प्रस्ताव दर्ता भएको हो । प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्याउन भूमिका खेल्न सरकारलाई आग्रह गरिएको छ ।प्रस्तावमाथि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छलफलमा भाग लिँदै सीमा समस्या समाधान गर्न पहल गरिरहेको भन्दै छिट्टै वार्ता गरेर टुंगोमा पुग्ने बताए । त्यसपछि राष्ट्रियसभा बैठकले सर्वसम्मत स्वीकृत गर्दै सरकारलाई कार्यान्वयनको पहल गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.