Breaking News.... EverestOnlineKhabar
April 19, 2026

उखु किसानको बक्यौता रकम दिन सुरु भइसक्यो ः उद्योगमन्त्री भट्ट

Loading

२०७६ पुस १७, काठमाडौँ – उखु किसानको बक्यौता रकम दिन सुरु भइसकेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । उखु किसानहरु काठमाडौँ नै आएर प्रर्दशन गरेपछि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै भट्टले किसानको बक्यौता रकम दिन सुरु भइसकेको बताएका हुन् । उनले पुस २५ गतेभित्र बक्यौताको ८० प्रतिशत र बाँकी रकम माघको पहिलो हप्तासम्म दिलाइसक्ने प्रतिबद्धता जनाए । भट्टले राष्ट्रियसभामा भने, ‘चिनी मिल्स उद्योगीहरुलाई मन्त्रालयले सम्पर्कमा ल्याइरहेको छ । आन्दोलनमा उत्रेका मध्ये केही किसानले १२ बजेसम्म भुक्तानी लिएका छन्, अरु धेरै लाइनमा छन् ।’ तराईका जिल्लाका अधिकांश किसानले लामो समयदेखी भुक्तानी नपाएपछि गत हप्तादेखि माइतिघर मण्डालामा आएर प्रर्दशन गरेका छन् ।

किसानको ५० करोडभन्दा बढी रकम मिल्स सञ्चालकले भुक्तानी दिन बाँकी छ । मन्त्री भट्टले मिल्स सञ्चालकहरु किसानको रकम भुक्तानी दिन तयार भएको र पैसा नहुने मिलले अचल सम्पत्ति बेचेर भए पनि तिर्छु भन्ने प्रतिवद्धता सरकारसँग गरेको जानकारी संसदलाई गराए । ‘महालक्ष्मी मिल्सले पुस २५ गतेसम्म तिर्छु भनेको छ । श्रीराम मिल्सले सम्पत्ति बेचेर भए पनि तिर्छु भनेको छ । मेलको सञ्चालनका कार्ययोजना सहित आउन भनेको छु । उद्योग सञ्चालमा पनि मन्त्रालयले सहयोग गर्छ’, मन्त्री भट्टले भने । उनले किसानको ११ बुँदे माग आफूले पाएको र त्यसप्रति सरकार गम्भीर रहेको उल्लेख गरे । भट्टले उखु किसानको समस्या समाधान गर्न मन्त्रालयले किसान, मिल्स सञ्चालक र सरकारका प्रतिनिधि रहेको सुझाव समिति गठन गरेको जानकारी दिए। समिलिते १५ दिनभित्र सुझाव दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed