Breaking News.... EverestOnlineKhabar
April 20, 2026

नेविसंघद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड , गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्ती गरेको आरोप

Loading

२०७६ पुस १३, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्तोलाको कार्यकक्षमा तोडफोड गरेको छ । गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविंघस त्रिवि समितिले उपकलपतिको कार्यकक्ष तोडफोड गरेको हो । लामो समयदेखि विश्वविद्यालयमा राजनैतिक भागबन्डा बन्दको माग गर्दै आएका छन् ।

उपकुलपति बास्कोटा विद्यार्थीको मागमा उदासिन देखिएपछि आफूहरु तोडफोडमा उत्रिनुपरेको नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले बताए । उनले भने, ‘उपकुलपतिबाट विश्वविधालय परिसरभित्र प्रहरी चौकी राख्ने र त्यही प्रहरी बलको भरमा विद्यार्थीहरुलाई अपमान गर्ने काम भयो । त्यसपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ ।’

उता उपकुलपति बास्तोलाले भने आफूलाई नियुक्त गरेको पार्टीको दवाबमा रजिस्ट्रार नियुक्त गरेको भन्दै नेकपाभन्दा बाहिर गएर नियुक्त गर्न नसक्ने अवस्था रहेका प्रतिक्रिया दिएको रावलले बताए । सचिव रावलले उपकुलपति स्ववियु निर्वाचनको सुनिश्चितता र विश्वविद्यालयको गुणस्तरप्रति प्रतिबद्धनभएको आरोप लगाए । आफूहरुका माग सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed