Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानमन्त्रीले सांसदको जवाफ फर्काउने क्रममा प्रयोग गरेको भाषाप्रति आपत्ति: नेपाली कांग्रेस

Loading

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको जवाफ फर्काउने क्रममा प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको छ।

कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको हो। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल पश्चात प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले क्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेका थिए।

बैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैरसंसदीय भाषा बोलेको भन्दै कांग्रेस संसीय दल गम्भीर आपत्ति जनाएको हो। यस्तै,सभामुख कृष्णबहादुर महराले यस्ता शब्दहरु संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्नेमा नहटाइएको र संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह नगरेको आरोप लगाएको छ।

‘संसदको गरिमामा आँच आउने खालमा यस्ता अभिलेखलाई संसदको रेकर्डबाट यथाशिघ्र हटाउन र गरिमामय ढंगले संसद सञ्चालन गर्नका लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed