Breaking News.... EverestOnlineKhabar
June 20, 2026

म्यानमारमा संसदीय निर्वाचन : २४ पार्टीका ६२ जनासहित ६९ उम्मेदवार चुनावी मैदानमा

Loading

बीबीसी । बहुदलीय व्यवस्था रहेको म्यानमारको संसद्का लागि शनिबार निर्वाचन भएको छ।  स्थानीय समयअनुसार शनिबार बिहान सुरु भएको निर्वाचनका लागि झण्डै नौ लाख मतदाता रहेको जनाइएको छ। निर्वाचनमा विभिन्न २४ पार्टीका ६२ जनासहित कुल ६९ जना उम्मेदवार रहेको अधिकारीले जनाएका छन्। तीनीहरुमध्ये सात जना स्वतन्त्र उम्मेदवार हुन्।

देशका नौ क्षेत्र तथा प्रदेशबाट निर्वाचित हुने १३ संसदीय सिटका लागि सांसद छनौट गर्न एक हजार ३८३ ठाउँमा मतदान केन्द्र तोकिएको छ। कुल १३ मध्ये चार जना तल्लो सदनका लागि, एक जना माथिल्लो सदनका लागि र अरु आठ जना प्रान्तीय सदनका लागि चयन हुने समाचारमा जनाइएको छ।

निर्वाचनका लागि सत्तारुढ दल नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)ले सबै अर्थात् १३ सिटका लागि उम्मेदवार उठाएको छ भने पुर्वसत्तारुढ दल युनियन सोलिडारीटी एण्ड डेभलभमेन्ट पार्टी (युएसडीपी)ले दश सिटमा उम्मेदवार बनाएको छ। अन्य बाँकी सिटमा भने अन्य पार्टीका उम्मेदवार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed