![]()
एजेन्सी । बजार व्यवस्थापनका अनुसार चलचित्र ‘सञ्जु’ ले भारतमा साढे ३ सय करोडभन्दा धेरै कमाई गरेको छ । यस्तै सञ्जुको विश्वभरिको कमाई जोड्दा ५०० करोड नाघेको छ ।
सञ्जुले पहिलो हप्ता भारतमा २ सय दुई करोड कमाएको थियो, दोस्रोमा थप ९२ करोड । त्यस्तै संयुक्त राज्य अमेरीकामा यसको कमाई ७० लाख अमेरिकी डलर कमाई गरेको थियो ।
‘सञ्जु’ यो वर्ष राम्रो ओपनिङ्ग गर्ने मध्येमा चौथो चलचित्र बनेको छ । बाहुबली–२ पहिलो, सलमान खानको सुल्तान र टाइगर जिन्दा हे दोस्रो र तेस्रो स्थानमा छन् ।
सुरुको दिनमा ३४ करोड ७५ लाखको व्यापार गरेको सञ्जु अभिनेता रणवीर कपूर र निर्देशक राजकुमार हिरानीको करिअरमा पहिलो दिनमै धेरै कमाइ गर्ने पहिलो चलचित्र हो ।
यस्तै एक हप्तामै १०० करोड तथा त्यसपछि पाँचसय करोडको आँकडा पार गर्ने सन् २०१८ को पहिलो चलचित्र हो सञ्जु ।


