![]()
एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) बाट रातारात सेलिब्रेटी हुँदै चर्चाको शीखरमा पुगेका नेपालका यु्वा क्रिकेटर सन्दीप लामिछाने क्यानेडीयन ग्लोबल टी—२० मा भने औकातमा पुगेका छन ।
आवश्यकता भन्दा बढी चर्चा पाएका सन्दीपलाई थप मेहनत गर्न हौसला दिनुभन्दा पनि उनलाई देवत्वकरण गर्न थालिएको थियो । सन्दीप मैदानमा भए चमत्कार हुन्छ भैहाल्छ भन्दै उनलाई भगवानकारुपमा चर्चा गर्न थालिएको थियो ।
अहिले क्यानेडेली ग्लोबल टी २० मा उनको प्रदर्शनले उनी मात्र होइन उनको टिमसमेत निराश भएको छ । सबैभन्दा बढी बिश्वास गरिएका खेलाडीकै प्रदर्शन खस्कीएपछि टिम त निराश हुने नै भयो स्वयं सन्दीपलाई पनि आफनो भविश्य संकटमा पर्ने हो कि भन्ने चिन्ता बढन थालेको छ ।
सन्दीपको खराब प्रदर्शनसंगै क्यानडा लिग क्रिकेटमा सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स पराजित भएको छ । विन्डिज बि टिमसँग मोन्ट्रियल २ विकेटले पराजित भएको हो ।
खेलमा मोन्ट्रियलले दिएको १८४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको विन्डिजले १९.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । विन्डजका लागि निकोलस पुरानले ५८ र ब्रान्डन किङले ५६ रनको योगदान दिए ।
बलिङतर्फ मोन्ट्रियलका लासिथ मालिंगा र पिटर सिडलले समान २–२ विकेट लिए । मोन्ट्रियलका लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने सबैभन्दा महँगा खेलाडी सावित भए । उनले ४ ओभर बलिङ गर्दै ५७ रन खर्चेर १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मोन्ट्रियलले निर्धा्रित २० ओभरमा ९ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । मोन्ट्रियलका लागि सिकन्दर राजाले ४७ र सुनिल नारिनेले २८ रन बनाएका थिए ।


