Breaking News.... EverestOnlineKhabar
May 11, 2026

आप्रवासी नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी…?

Loading

एजेन्सी,असार ।
राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ । विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको छ ।
यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई‘फेमिली बिलोङस् टुगेदर’ नाराका साथ एकजुट हुन आह्वान गरिएको छ । आयोजकले सबैलाई सेतो पहिरनका साथ शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । यसअघि पनि यस्तै प्रदर्शन भएपछि राष्ट्रपति ट्रम्प आफ्नो नीति परिवर्तन गर्न बाध्य भएका थिए ।

मेक्सिकोबाट अमेरिका आएका अवैध आप्रवासी बिरुद्ध राष्ट्रपति ट्रम्पले‘जिरो टलरेन्स’ नीति लागू गरेकोमा उनीहरुले विरोध जनाएका हुन् । जिरो टलरेन्स लागू भएको खण्डमा कारागारमा रहेका अभिभावकका सन्तानले अलग हुनुपर्ने पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.