Breaking News.... EverestOnlineKhabar
September 8, 2026

इरान बन्यो विश्वकपमा सहभागी हुन रुस पुग्ने पहिलो टिम

Loading

एजेन्सी,जेठ ।
फिफा विश्वकप फुटबलमा सहभागी हुन इरानी टिम रुस पुगेको छ । इरान विश्वकपमा सहभागी टिममा सबैभन्दा पहिला रुस पुगेको हो । इरानी टिमलाई भुनुको एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।
समूह‘बी’ मा रहेको इरानले जुन १५ तारिखमा पहिलो खेल खेल्ने छ । इरानको समूहमा पूर्व विश्व विजेता स्पेन, युरोपियन च्याम्पियन पोर्चुगल र मोरक्को रहेका छन् । रुस पुगेपछि इरानी फुटबल टिमका म्यानेजर कार्लोस कुइरोजले भनेः‘हामी लामो प्रयास पछि विश्वकप खेल्दैछौँं । यहाँसम्म आइपुग्न धेरै महेनत गरेकाले विश्कपको हकदार हामी पनि छौँ ।’ म्यानेजर कार्लोसले भनेः‘हामी विश्वका अरु सर्वश्रेष्ठ टिमसँग काँधमा काँध जुधाएर विश्वकपको सदस्य हुन चाहन्छौँ । हामी धेरै समयसम्म विश्वकपमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’
इरानले पहिलो खेलमा सेन्ट पिटर्सबर्गको मैदानमा जुन १५ तारिखका दिन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.