Breaking News.... EverestOnlineKhabar
September 9, 2026

२८ डीएसपीलाई एसपी र ५५ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस

Loading

काठमाडौ,जेठ ।
नेपाल प्रहरीका २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस भएका छन् । चौथो नम्बरमा सानुराम भट्टराई र पाँचौ नम्बरमा ओम प्रसाद अधिकारी बढुवाको सिफारिसमा परेका छन् ।
यसैगरी, शनिबार नै ५५ इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न पनि सिफारिस गरिएको छ । शनिबारै बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा छन् । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.