Breaking News.... EverestOnlineKhabar
June 5, 2026

रक्षा खर्च कटौति गर्ने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

Loading

एजेन्सी,चैत ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताएका छन् । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए । पुटिन राष्ट्रपतिमा निर्वाचित भएपछि विभिन्न मुलुकले उनलाई बधाई दिए पनि ह्वाइट हाउसले भने राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई फोन मार्फत बधाई दिने कुनै तालिका नरहेको जनाएको छ ।
तर चीनका राष्ट्रपति सी चिनफिङले भने चीन र रुसको सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताएका छन् । मुख्य विपक्षी नेतालाई भाग लिन रोक लगाइएको निर्वाचनमा पुटिनले ७६ प्रतिशत मत प्राप्त गरेका थिए । पुटिन सन् १९९९ देखी राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed