Breaking News.... EverestOnlineKhabar
June 5, 2026

त्रिभुवन विमानस्थलको पहिलो मानवीय क्षतिः आठौं अन्तर्राष्ट्रिय दुर्घटना

Loading

काठमाडौ,फागुन ।
सोमबार युएस बंगला विमान दुर्घटनामा परेसँगै नेपालमा दुर्घटना हुने अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ ।नेपालमा विमान दुर्घटनाको तथ्य निकै दुःखद छ । नेपालको ६९ वर्षको हवाइ इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । नेपालमा दर्ता भएका बिमान समेत जोड्ने हो भने आइतबारको यो दुर्घटना ८५ औं हो । र, त्रिभुवन विमानस्थलमै ठूलो मानवीय क्षति हुने गरी भएको यो पहिलो दुर्घटना हो ।
नेपालमा अन्तरराष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३५९ जनाको ज्यान गएको छ । युएस बंगला विमान दुर्घटना पर्नुअघि ३११ जनाले ज्यान गुमाएका थिए । नेपाली आकाशमा अहिलेसम्म ६५५ जनाले ज्यान गुमाएका छन् । आन्तरिक उडानका जहाज दुर्घटनामा परेर २९६ जनाको ज्यान गएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा महाशाखा प्रमुख सुरेश आचार्यका अनुसार यसअघि टर्किस एयरलाइन्सको सन् २०१५ को मार्चमा त्रिभुवन बिमानस्थलमा नै दुर्घटनामा परेको थियो । तर, टर्किस एयरलाइन्सको दुर्घटनामा भने कसैको पनि ज्यान गएको थिएन । अन्तर्राष्ट्रिय विमान दुर्घटना पर्दा सबै यात्रुको सकुशल उद्दार भएको त्यो पहिलो घटना थियो ।
आचार्य भन्छन्ः‘टर्किस एयरलाइन्सको दुर्घटनामा सबै यात्रुको सकुशल उद्दार गरिएको थियो, त्यसैले यो विमानस्थलको हातामा भएको पहिलो ठूलो दुर्घटना हो ।’
विदेशी उडानको इतिहास
नेपालमा पहिलोपटक सन् १९४९ मा चार सिट क्षमताको बोन्यान्जा वीचक्राफ्टा ल्यान्ड भएको थियो । र, जहाज दुर्घटना भने पहिलोपटक सन् १९५५ को फेब्रुअरी ८ मा अन्तर्राष्ट्रिय एयरलाइन्स कालिंगा एयर सिमरामा दुर्घटनामा परेको थियो । जसमा २ जनाको ज्यान गएको थियो भने एकजनाको सकुशल उद्दार गरिएको थियो ।
नेपालमा नै दर्ता भएको जहाज भने सन् १९६१ मे ११ भैरहवामा पहिलो पटक दुर्घटना भएको थियो । जसमा ४ जनाको ज्यान गएको थियो । त्यसपछि सन् १९५६ मेमा इन्डियन एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । जसमा १४ जनाको ज्यान गएको थियो भने १९ जनाको सकुशल उद्दार गरिएको थियो ।
अहिलेसम्म नेपालमा भएको ठूलो अन्तर्राष्ट्रिय बिमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । १९९२ को सेप्टेम्बरमा पाकिस्तान एयरलाइन्सको विमान भट्टेडाँडामा दुर्घटनामा पर्दा १५७ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सन् १९५८ मा इन्डियन एयरलाइन्सको जहाज दुर्घटनामा पर्‍यो । जसमा विमानमा यात्रा गरिरहेका २० सै जनाको ज्यान गयो ।
सन् १९९२ को जुलाइमा नुवाकोटको ग्याङ्देफेदीमा थाई एयरवेजको जहाज दुर्घटनामा पर्‍यो । जसमा बिमानमा रहेका ११३ जनाकै ज्यान गयो ।
त्यसपछि सन् १९९९ मा लुफ्थान्साको कार्गो बिमान दुर्घटनामा पर्‍यो जसमा ५ जनाले जीवन गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed